आजदेखी पेट्रोलियम पदार्थ डिपोबाट नउठाउन आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आजदेखी पेट्रोलियम पदार्थ डिपोबाट नउठाउन आन्दोलन सुरु

साउन २६, काठमाण्डौं ।
ढुवानी व्यवसायीहरुले ढुवानीमा भएको नोक्सानी आयल निगमले नव्यहोरे पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन ।

 

व्यवसायीहरुले ढुवानीमा हुने पेट्रलियम पदार्थको नोक्सानी सरकारले नव्यहोरे आगामी ३१ गतेदेखि सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन । उनीहरुले विहिबारबाट पेट्रोलियम पदार्थ डिपोबाट नउठाउने आन्दोलन नै सुरु गरेका छन । यसै विषयमा छलफल गर्न आपूर्ति मन्त्री शिवकुमार मण्डलले बोलाउनु भएको बैठकमा पनि व्यवसायीहरुले आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन जाने चेतावनी दिएका छन ।

 

विहिबार अपरान्ह आपूर्ति मन्त्रालयमा भएको छलफलपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एशोसिएसनका लागि अध्यक्ष लिलेन्द्र प्रधानले नोक्सान व्यहोरेर पेट्रोलियम पदार्थको ढुवानी गर्ने अवस्थामा आफूहरु नरहेको स्पष्ट पारिएको जानकारी दिनु भयो ।

 

यता, मन्त्री मण्डलले भने पेट्रोलियम पदार्थ जस्तो अति आवश्यकीय बस्तुको ढुवानीमा अवरोध नगर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको थियो पेट्रालियम पदार्थ ढुवानीमा भएको नोक्सानी व्यवसायीहरु आफैले व्यहोर्नुपर्ने आयल निगमले निर्णय गरेपछि ढुवानी व्यवसायीहरु आन्दोलित भएका हुन । एशोसिएसनले निगमसँग ४ हजार पेट्रोल ढुवानी गर्दा ८५ लिटर प्राविधिक नोक्सानी हुने गरेको भन्दै त्यसको भरपाई निगमले गर्नुपर्ने अडानसहित
आन्दोलन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);