आज विश्व आदिवासी दिवस : नेपालमा पनि विविध कार्यक्रम गरि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज विश्व आदिवासी दिवस : नेपालमा पनि विविध कार्यक्रम गरि मनाइयो

२५ साउन, काठमाडौं । आज २३ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

 

आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् ।

 

आदिवासी जनजाति सम्बद्ध विभिन्न ४३ संघसंस्थाले नयाँ संविधानमा जनजातिको माग सम्बोधन नगरेको र आफूहरुलाई संवैधानिक हक, तथा अधिकारबाट वञ्चित गर्न खोजिएको बताउँदै आएका छन् ।

 

उनीहरुले परापूर्वकालदेखि मूल आदिवासीका रुपमा नेपालको विभिन्न भागमा बसोबास गर्दै आएकाको पहिचान र अधिकारलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

 

आदिवासी जनजातिको सूची परिमार्जन गरी ४३ आदिवासीलाई आदिवासी जनजातिको सूचीमा समावेश नगरी छुटाएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);