सिगासको बाढी प्रभावित क्षेत्रमा सांसदको अवलोकन टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिगासको बाढी प्रभावित क्षेत्रमा सांसदको अवलोकन टोली

बैतडी । बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीको टोली बाढी प्रभावित क्षेत्र बैतडीको ढुंगाड पुगेको छ ।  गत ३१ असोजदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाका कारण सिगास गाउँपालिका–५ ढुंगाडमा सेती नदीको बाढी पसेको थियो । बाढीबाट त्यहाँका ११० घर परिवार प्रभावित भएका छन् ।

उनीहरूको करिब १५० बिगाह धानखेत बगरमा परिणत भएको थियो । काट्न ठिक्क भएको धान, बदाम र दलहन बालीसहितको खेत बगरमा परिणत भएको थियो । त्यस क्षेत्रको स्थलगत अवस्था बुझ्न सांसद भण्डारीसहितका एमाले नेताहरू ढुंगाड पुगेको पार्टीका जिल्ला कमिटी सदस्य कर्णबहादुर कुँवरले बताए । 

ढुंगाडको ९५ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगेको उनले बताए । ‘तीन ठाउँबाट सेती नदी पसेर ढुंगाडको सबै खेत बगरमा परिणत भएको देखियो । अधिकांश घरहरूभित्र बालुवा पसेको छ । ढुंगाडस्थित तीनवटा सिँचाइ कुलोहरू, बाटो, खानेपानी योजनाहरू र झोलुंगे पुल बगेको छ । यहाँका सबै नागरिक पीडामा छन् । हाम्रो टोलीले यहाँका बासिन्दाका समस्याहरू टिपोट गरेका छौँ । अब सम्बन्धित ठाउँमा पुर्‍याउँछौँ’, कुँवरले भने । 

सिगासको चमडेखर्क, साउनखेतलगायतका ठाउँमा पनि पहिरोले क्षति पुगेको त्यहाँ पुगेका एमाले जिल्ला सचिवालय सदस्य रमिल बमले बताए । ढुंगाडवासीले दार्चुला सदरमुकामको जस्तै तटबन्धको माग राखेको उनले बताए । 

‘सिगासको ढुंगाडमा मात्र नभई ठाउँठाउँमा बाढी पहिरोको समस्या देखिएको छ । जिल्ला सदरमुकामदेखि निकै दुर्गममा रहेको सिगासका बासिन्दाहरूले हरेक पटकको वर्षाका बेला समस्या खेप्दै आएका छन् । हामी वर्षाका कारण पीडामा परेका सबै प्रभावितहरूसँग भेट गरेर वास्तविकता बुझ्ने क्रममा छौँ’, बमले भने । 

बाढीबाट प्रभावित ढुंगाडवासीका समस्या समाधान गर्नका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रम बनाउनुपर्ने त्यहाँ पुगेका सांसद दामोदर भण्डारीले बताए । ढुंगाडका बाढीपीडितहरूले अहिलेसम्म राहत पाएका छैनन् । बाढीले क्षति पु¥याएको दुई साता पुग्नै लाग्दा पनि स्थानीयवासीहरू सेतीको बगरमै बसिरहेको गुनासो गरेका छन् । ढुंगाडमा सेतीको बाढी पसेर स्थानीयवासी तीन दिनसम्म टापुमा थुनिएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);