विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

जुम्ला । लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ । विद्यालयका केही भवन  बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ ।

वर्षाका कारण  विद्यालय बगर बनेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्याराज न्यौपानेले बताए ।  अविरल वर्षासँगै आएको बाढीले  पूर्ण रूपमा क्षति पुगेको  छ । 

‘लगातारको वर्षाले बिद्यालयको पश्चिमतिरको भवनमा  स्टोर गरी राखिएका  डेस्क, फर्निचर, भवन निमार्णका लागी ल्याएका औजार, जस्तापाता, राष्टीय झण्डा राख्ने  मञ्च, घेरबार र शौचालय गरी करिब एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ’, प्रधानाध्यापक न्यौपानेले भने । 

नमुना विद्यालयको रूपमा रहेको नेत्रज्योती मावि हाँकुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन  हुदै आएको छ । ६५५ जना विद्यार्थी अध्ययनत रहेका प्रधानाध्यापक न्यौपानेले बताए । उनले विद्यालयको  पुनर्निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);