पहिरोसँगैको बाढीका कारण सयौँ रोपनि खेत बगरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नमराज सुबेदी

काठमाण्डौँ, ११ भदौ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर २ कविलास र वडा नं. ५ भदु्टारमा पर्ने कुडुल्के खोलामा आएको बाढीले स्थानीय क्षेत्रमा पर्ने पाँच सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ ।

 

शुक्रबार बेलुकी ७ बजेबाट परेको अबिरल बर्षतका कारण कुडुल्के खोलामा आएको बाढीका कारण पन्ध्र सय रोपनि धान खेत बगाएको हो । २० घरधुरीले उपभोग गर्दै आएको धानखेती बताएपछी स्थानिय किशानहरु चिन्तित भएका छन ।

 

शुक्रबार बेलुकीबाट पानि परेपपछि करिब रातिको ११ बजे कालिका नजिकैको स्थानमा गएको पहिराले खोला थुनिएर ठुलो रुप लिएर बग्दै खेतीयोग्य क्षेत्रमा प्रवेश गरी किसानहरुले रोपेको सयौँ रोपनी धानखेतमा क्षति पुर्याएको हो । शनिबार क्षति भएको खेतको पञ्चकन्या गाउपालिका प्रमुख तेज बहादुर तामाङ रमेशले अबलोकन गरी क्षतिको पुर्ण बिबिरण आउनेबितिकै राहतको ब्यबस्था गरीने बताए ।उनले खानेपानीको मुहान सहित पाइप पनि बगाएको भन्दै तत्काल खानेपानिको ब्यबस्था गरीने र सिंचाइको कुलो निमार्ण गरीने बताए ।

 

खोला छेउका खेतहरु कटान गरेको छ भने आसपासको क्षेत्रका खेतहरुमा बाढी बसेर बगरमा परिणत गरेकोले तत्काल बाध निमार्णमा समस्या हुने प्रमुख तामाङले बताए ।

 

बाढीले खेतमा कटान गरी उग्र रुप लिए पहिरो समेत बगेर आसापासका घरहरुमा समेत क्षति पु¥याएको छ । घटनास्थलमा जिल्ला कृषि विकास कार्यालयबाट खटिएका प्राविधिकहरुले क्षतिको मुल्याङ्कन सुरु गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);