अवैधरूपमा सीमापार गर्न लागेका २९ गाई नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

महोत्तरी, ११ भदौ । भन्सार छली अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा २९ वटा गाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो।

 

ना ६ क ३८४१ नम्बरको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएका गाई हेटौँडाबाट ल्याइएको र भारत, बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

 

बरामद गाई र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरीले जनाएको छ। अहिले महोत्तरीमा खुला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुँदै आएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);