भारततर्फ तस्करी हुँदै गरेका २३ गाई-गोरु नियन्त्रण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारततर्फ तस्करी हुँदै गरेका २३ गाई-गोरु नियन्त्रण

gaibastu

झापा, २ असोज । पूर्वका विभिन्न नाकाबाट ठुलो संख्यामा गाई-गोरु तस्करी हुने गरेको फेला परेको छ । सोमवार इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले भारततर्फ अवैध रुपमा तस्करी गदै गरेको अवस्थामा २३ वटा गाई-गोरु नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिर आएको हो ।

प्रहरीले करीब १२ बजे मेचीनगर ४ राईसिङ पुलको बाटो हुँदै अबैध तरिकाले लैजादै गरेको अवस्थामा ती चौपायहरु नियन्त्रणमा लिएको थियो । भारतको उत्तर प्रदेशबाट ल्याएका गोरु पूर्वी नेपालको चोरी बाटो प्रयोग गरी पुनः भारत हुँदै बंगालदेश निकासी हुने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तस्करले भारतको सीमा सुरक्षामा खटिएका एसएसबी, नेपाल प्रहरी, राजनैतिक दललाई प्रभावमा पारेर चोरी निकासी गरेको हुनसक्ने आशंका गरिएको छ ।

उत्तर प्रदेशमा अग्ला र ठूला गोरुमा पर्याप्त माशु हुने भएकाले बंगलादेश र भुटानमा माग बढी हुने गरेको छ । बंगलादेशमा जिउदै गोरु लगिन्छ भने भुटानमा लागि आसाममा काटेर मासु निर्यात गर्ने गरेको व्यापारीहरुले बताउँने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);