प्रदेशका ७ का स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रदेशका ७ का स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव

swastha karyalaya baitadi

कैलाली, २ असोज । स्वास्थ्य मन्त्रालयले एकैचोटी कर्मचारीको सरुवा गरेपछि प्रदेशका ७ का दुर्गम स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको अभाव भएको छ । बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा लगायतका जिल्लाका कर्मचारीहरु अन्य प्रदेशमा सरुवा गरिएपछि दुर्गममा स्वास्थ्यकर्मीको अभाव भएको हो ।

प्रदेश नम्बर सातबाट स्वास्थ्यका धेरै कर्मचारी सरुवा गरिएपनि अन्य ठाउँबाट भने कम संख्यामा आएका छन् । सात नम्बर प्रदेशमा स्वास्थ्यकर्मीका अभाव हुने देखिएपछि सरुवा, काज सबै रोक्ने सम्बन्धित निकायमा निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य नियमावलीमा जुन क्षेत्रबाट लोकसेवा पास गरेको हो सोही क्षेत्रमा कम्तिमा पनि पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख भएपनि अधिकांश स्वास्थ्यकर्मीले पहुँचको भरमा नियमलाई लत्याईरहेका छन् ।

कर्मचारीको व्यवस्थापन नगरी भएका कर्मचारीहरु अन्य प्रदेशमा पठाउनु स्वास्थ्य सेवामाथि खेलवाड भएको स्थानीय नागरिक समाजका अगुवाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);