गाई-गोरु मार्नेलाई कानुन लगाएको भन्दै नग्न प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गाई-गोरु मार्नेलाई कानुन लगाएको भन्दै नग्न प्रदर्शन

काठमाडौं, १ भदौ । सरकारको बिरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रर्दशन गरेका हुन ।

त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

उनको छातीमा ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो ।

सडकमा नग्न प्रदर्शनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन । सार्वजनिक स्थलमा अश्लिलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।

नग्न प्रदर्शन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);