बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन घाइते

बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका-८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६  बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो ।बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो  । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे-बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो । 

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका-११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);