रत्न राजमार्गमा बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रत्न राजमार्गमा बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु

सुर्खेत। काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो। ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);