भारतको हिमाञ्चल प्रदेशमा पहिरो खस्दा ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

भारतको हिमाञ्चल प्रदेशमा पहिरो खस्दा ११ जनाको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा ११ जनाको मृत्यु भएको छ भने अन्य १४ जनाको उद्दार गरिएको छ ।

राष्ट्रिय राजमार्गसँग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको उनीहरुको मृत्यु भएको हो । सडकमाथिको पहाड खसेको र अझै पनि गाडीसहित केही यात्रु पुरिएको आशंका गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको त्यहाँको प्रशासनले जनाएको छ ।

पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको बताइएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);