मुग्लिन नारायणगढ सडकखण्डमा खसेको ठूलो ढुंगा बल्ल हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुग्लिन नारायणगढ सडकखण्डमा खसेको ठूलो ढुंगा बल्ल हट्यो

चितवन। मुग्लिन नारायणगढ सडकखण्डको १४ किलोमा खसेको ढुङ्गा फुटाइएको छ । ब्रेकरको सहायताले ४० घन्टा लगाएर ढुङ्गा फुटाइएको हो । ढुङ्गा फुटेपछि त्यस ठाउँमा अहिले सवारी आवागमन सहज भएको छ ।

असार १९ गतेबाट फुटाउन थालिएको ढुङ्गा २५ गतेसम्म प्रयास गर्दा आधाजसो फुटेपछि बाँकी भागलाई धकेलेर त्रिशुली नदीमा फालिएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए ।

एक हप्ता अघि देखि फुटाउन थालिएको ढुङ्गा आधाजति फुटेपछि धकेलेर त्रिशुलीमा फालिएको छ। त्रिशुलीमा धकेलेर फाल्नका लागि दुईवटा ठूला मेशिनको प्रयोग भएको इन्जिनियर खनालले जानकारी दिए ।

आकारको हिसाबले ३४ घनमिटर र तौलको हिसाबले ८२ टन अनुमान गरिएको यस ढुङ्गा पहिरोसँगै खसेर राजमार्गको बीच भागमा बसेको थियो । राजमार्ग बीच भागमा भयकंर ठूलो ढुङ्गा झरेपछि फोटो र भिडियोले सञ्चारमाध्यम र विभिन्न सामाजिक सञ्जालमा चर्चा पाएको थियो । ढुङ्गा खस्दा कुनै पनि मानवीय एवम् भौतिक क्षति भने हुन पाएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);