पहिरोका कारण सडक अवरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोका कारण सडक अवरोध

चितवन । भरतपुर महानगरपालिका(२९ नारायणगढ मुग्लिन सडक(खण्डको सेतीदोभान भन्ने स्थानमा सोमबार बिहान ठूलो ढुङगा सहितको लेदो झरी सडक अवरोध भएको छ । यसैगरी भरतपुर महानगरपालिका(२९ चौधकिलोस्थित नारायणगढ मुग्लिन सडक(खण्डमा आइतबार राति लेदो सहितको पहिरो आउँदा सडक अवरोध भएको छ ।

पर्वत । कुश्मा नगरपालिका(१ सहर्षधारास्थित पोखरा बाग्लुङ सडक(खण्डमा गएराति ढुङ्गा माटो सहितको लेदो आउँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

कास्की । माछापुछ्रे गाउँपालिका(७ घट्टेखोलास्थित पोखरा बाग्लुङ सडक(खण्डमा सोमबार बिहान पहिरो आउँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानामा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);