मकवानपुरमा अवैध लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मकवानपुरमा अवैध लागूऔषध सहित पक्राउ

kavre pakrau

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ५ पिपल चौतराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ४ सय ९६ पिस सहित चितवन कालिका नगरपालिका १ जुटपानी बस्ने २३ वर्षीय रविन बिक समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);