विभिन्न धनमाल लुटपाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न धनमाल लुटपाट

chori

बाँके । बैजनाथ गाउँपालिका ६ लालपुर बस्ने जिवन नेपालीको घरबाट नगद ४ लाख ५० हजार रुपैयाँ, काँचो सुन लगायत सुनका विभिन्न गरगहना गरी अन्दाजी १ केजी बराबरको सुन र १ थान मोबाइल गएराति लुटपाट भएको छ ।

अपरिचित ५र६ जना व्यक्तिहरु आई घरमा रहेका परिवारका सदस्यहरुलाई धम्काई डोरीले हात बाँधी घरमा रहेको उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);