बेनीमा दुइ महिनामा ३ वृद्ध महिलालाइ झुक्याएर सुन लुटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेनीमा दुइ महिनामा ३ वृद्ध महिलालाइ झुक्याएर सुन लुटियो

सन्दिप शर्मा
म्याग्दी, १४ फागुन ।
म्याग्दी सदरमुकाम बेनीमा पछिल्लो २ महिनामा गाउँबाट विभिन्न काममा बेनी झरेका ३ वृद्ध महिलाहरुलाइ झुक्याएर लुटेराहरुले गहना लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सुचना अनुसार पछिल्लो २ महिनामा ३ जना वृद्ध महिलाको गहना लुटपाट भएको हो । गएको १० गते बेनपा ४ डाँडाखेतकी ७६ बर्षीय पुतली सार्की बिरामी भएका श्रीमान्लाई औषधि किन्न बेनी बजार झरेका थिए ।

उनलाई २ जना अज्ञात व्यक्तिले आफ्नै जस्तै लागेको भन्दै फकाए । उनीहरुले आफुसँग १०÷१५ तोला सुन रहेको र कार्कीलाई दिने भन्दै लालच देखाए । कार्कीलाई लालच देखाउँदै उनीहरुले विद्युत प्राधिकरणको भवनभन्दा तल रहेको सडकको कुनमा लगी कार्कीले काममा लगाएको रिङ्ग फकाई फलाई गरी फुकालेर लगे र सुन भन्दै नक्कली सुन दिएर गए ।

त्यसैगरी गत माघ ६ गते पनि मंगला गाउँपालिका २ बाविया चौरकी ६६ वर्षकी विमती किसानलाइ पनि सोही अनुसार प्रलोभनमा पारेर एक तोला बराबरको सुनको सिक्री लुटिएको थियो । त्यस्तै माघ ५ गते मंगला गाउँपालिका १ कुँहु पैयुपाटाकी दिलमती किसानलाइ पनि सोही प्रकृतिका दुई जनाको समुहले विभिन्न प्रलोभनामा पारेर कानमा लगाएको दुइथान रिङ्ग र एकथान तिलहरी लुटपात गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जाकारी दिए ।

पीडितहरुलाई सुन जस्तै देखिने नक्कली सुन दिने र यसमा धेरै सुन भएको भन्दै लुटेरा समुह त्यसठाउँबाट भाग्ने र पछि पीडितहरुले नक्कली सुन भन्ने थाहापाए पछि मात्रै ढिलो गरेर प्रहरी कार्यालयमा आउने भएकाले अनुसन्धानमा समस्या भै रहेको प्रनाउ राईको भनाई छ । तिनै जनालाइ एकै ठाउँमा लगेर उक्त समुहले लुटपात गरेको बताउँदै राईले खोजी कार्य जारी रहेको बताएका छन् ।

सबै प्रकृतिका घटनामा हुलिया उस्तै आएको बताउँदै आफुहरुले गम्भीर भएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । बेनी बजारमा सीसीटीभी क्यामोरा जडान भएता पनि धेरै मात्रामा क्यामरा बिग्रिएका कारण अनुसन्धान गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);