८८ किलो सुन तस्करीको अभियोगमा थप पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ४ असोज । ८८ किलो सुन तस्करीको अभियोगमा प्रहरीले बुधबार थप पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पाँच जना प्रतिष्ठित व्यापारी भएको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा संलग्न भएको अभियोगमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो ।

उनीहरुले  अवैध रुपमा ल्याइने सुन किन्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा१७च ६४२७ नम्बरको टाटा सफारी गाडीमा लुकाइएको अवस्थामा ८८ केजी सुन सहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);