मतगणनाकै बीचमा लहानका निर्वाचन अधिकृत फेरिए | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

मतगणनाकै बीचमा लहानका निर्वाचन अधिकृत फेरिए

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

सिरहा, ४ असोज । मतगणनाकै बीचमा सिरहाको लहानका निर्वाचन अधिकृत फेरिएका छन्।

विवादका कारण पटकपटक मतगणना समेत रोकिँदै आएको लहानमा निर्वाचन अधिकृत फेरिएका हुन्। लहानमा ३ पटक विवादका कारण मतगणना समेत स्थगित भएको थियो।

लहानको वडा नं ३ मा ८ मतले कांग्रेस विजयी भएपछि फोरमले निर्वाचन अधिकृत विरुद्ध निर्वाचन आयोगमा उजुरी समेत दिएका छन्।

उपन्यायाधीवक्ता नारायणबहादुर थापाले आफैँ निवेदन लेखेर आफ्नो स्थानमा अरुलाई खटाइदिन आग्रह गरेका हुन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार थापाले स्वास्थ्यको कारण काम गर्न नसक्ने भएपछि निर्वाचन अधिकृत परिवर्तन गरिएको बताएका छन् ।
नयाँ नियुक्त भएका लुँइटेलले यसअघि झापाको कमल गाउँपालिकामा गोलाप्रथाबाट मत टुङ्गो लगाएका थिए। लहानको मतगणनामा हाल नेकपा एमाले अगाडि छ।

ताजा समाचार