एक नगरपालिका सहित १ सय ७८ वडाको मतपरिणाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

एक नगरपालिका सहित १ सय ७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँं, ४ असोज । प्रदेश नम्बर २ का आठ जिल्लामा गत सोमबार भएको निर्वाचनको हालससम्म एक नगरपालिका सहित १ सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले दिएको जानकारी अनुसार तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक नगरपालिका सहित एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भएर राजपाले जितको खाता खोलेको छ ।

ताजा समाचार