हंशपुर नगरपालिकाबाट राजपाले खोल्यो पहिलो जितको खाता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हंशपुर नगरपालिकाबाट राजपाले खोल्यो पहिलो जितको खाता

धनुषा, ४ असोज। राष्ट्रिय जनता पार्टी नेपालले धनुषाबाट तेस्रो चरणको स्थानीय तहको पहिलो परीणाम आफ्नो पक्षमा बनाएको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी राजपाका उम्मेदवार विजयी भएका हुन् ।

राजपाका रामज्ञान मण्डल र रेणु देवी झा क्रमशः प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२०मत पाएका थिए भने रेणुदेवीले ३ हजार २७६ मत पाएर बिजयी भएकी हुन् ।

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादव भने जम्मा ४७ मतले पछि परेका छन् । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);