सिराहाको लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सिराहाको लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

UML

काठमाडौं, ७ असोज । सिराहाको लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरे ।

उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरेका छन् ।

लहान नगरपालिकामा २४ वडा कायम गरिएको छ । जसमध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजयी हासिल गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);