पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहद्धारा प्रधानमन्त्री देउवाको आलोचना | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

काठमाडौं, ७ असोज ।  सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।

नेता सिंहले प्रधानमन्त्री देउवाकै कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको आरोप समेत लगाए । उनले देउवा पार्टीलाई होच्याएर प्रधानमन्त्री बनेको दावी समेत गरे । नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले शनिवार दसैंको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टी भित्र लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन नभएका कारण स्थानीय तहको धेरै सिट काँग्रेसले गुमाउनु परेको पनि उल्लेख गरे ।

काँग्रेस नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले चलाउन पनि पार्टी सभापति देउवासँग माग गरेका छन् ।

 

ताजा समाचार