उपसभापतिमा गच्छदारलाई मनोनित गर्ने निर्णय प्रति नेता सिंहको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपसभापतिमा गच्छदारलाई मनोनित गर्ने निर्णय प्रति नेता सिंहको असन्तुष्टि

prakash-man-sinha

काठमाडौं, २१ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । काठमाडौंको आयोजित एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनु परेको पनि स्पष्ट पारे । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);