न्युरोड सुन पसलबाट करिब ८ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

न्युरोड सुन पसलबाट करिब ८ किलो सुन बरामद

काठमाडौं, २० मंसिर । प्रहरीले न्युरोडको एउटा सुन पसलमा छापा मारेर लगभग ८ किलो सुन बरामद गरेको छ । न्युरोडको ‘ओमपाल गोल्ड शप’ सुन पसलका सञ्चालक पदमप्रसाद पाण्डेलाई ७ किलो ८ सय ग्राम सुनसहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

पाण्डेले तस्करीको सुन गालेर बेच्ने गरेको सुराकीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोली छापा मार्न पसलमा पुगेको थियो । बरामद गरेको सुनमा केही ढिक्का छन् केही गहना समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले सुन कहाँबाट आएको हो त्यसबारे अनुसन्धान गरीरहेको छ ।

केही समय यता नेपाली बजारमा सुन छ्यापछ्याती पाइन थालेको छ । केही महिनाअघि त्रिभुवन विमानस्थलको भन्सार जाँचपास गरेर ६० किलो सुन काठमाडौं भित्रिदै गर्दा बरामद भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);