राष्ट्र बैंकको नाफा ८७ अर्ब ६० करोड नाफा | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

राष्ट्र बैंकको नाफा ८७ अर्ब ६० करोड नाफा

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड नाफा गरेको छ । आर्थिक वर्ष ०७९/८० को बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड नाफा गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रतिवेदन पारित गर्दै नाफाबाट २५ अर्ब रुपैंया सरकारलाई दिने निर्णय गरेको छ । बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा केन्द्रीय बैंकको नाफा यसपाली पनि बढेको हो । आर्थिक वर्ष ०७९/८० मा राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६ दशमलव .५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ ।

अब २०७८/७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो । राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३ दशमलव ४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३ दशमलव ६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २ दशमलव ८८ प्रतिशत रहेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.०९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार कायम भएको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९.७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख कायम भएको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्व ९२ करोड १९ लाख ८३ हजार कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);