काठमाडौंको नागढुंगाबाट दुई दिनमा ९ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौंको नागढुंगाबाट दुई दिनमा ९ किलो सुन बरामद

Gold

काठमाडौं, १८ असार । सरकारले विशेष समिति गठन गरेर सुन तस्करीको छानविन गर्दै आएपनि तस्करहरुले काठमाडौंलाई ट्रान्जिट प्वाइट बनाउन भने छाडेका छैनन् ।

तस्करहरुले चीनको केरुङबाट भित्र्याएर भारतमा सुन तस्करी गर्ने क्रम मौलाएको छ । प्रहरीले दुई दिन लगातार अवैधरुपमा भित्र्याइएको ९ किलो सुन बरामद गर्नुले तस्करी मौलाएको देखाएको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले भारतीय गाडी प्रयोग गरी तस्करीको तीन किलो सुन बरामद गरेको भोलिपल्ट फेरि ६ किलो सुन समातेको छ । प्रहरीले चीनको केरुङबाट भित्र्याएर मोटरसाइकलमा भारततर्फ लान खोज्ने क्रममा गएराति ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

अवैध सुनसहित सिन्धुपाल्चोक पोखरीका २३ वर्षीय तेन्जिङ लामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले सुन तस्करीमा प्रयोग भएको बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाईकल पनि बरामद गरेको ।

६ किलो सुनसहित तामाङलाई आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ । गत शनिबार पनि काठमाडौंको नागढुंगामा ३ किलो अबैध सुन बरामद गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);