६ किलो सुनसहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

६ किलो सुनसहित १ जना पक्राउ

sun

काठमाडौं, १८ असार । प्रहरीले ६ किलो अवैध सुनसहित एक जनालाई काठमाडौंमा पक्राउ गरेको छ । प्रहरीले आईतबार साँझ ६ किलो अवैध सुनसहित सिन्धुपाल्चोक पोखरीका २३ वर्षीय तेन्जिङ लामालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा नागढुंगामा चेकजाँचका क्रममा तामाङ ६ किलो सुनसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनको साथबाट बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाईकल पनि बरामद गरिएको छ । केरुङ नाका हुँदै भित्र्याइएको सो सुन तस्करीको घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

६ किलो सुनसहित तामाङलाई आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको पनि एसएसपी पोखरेलले जानकारी दिए । गत शनिबार पनि काठमाडौंको नागढुंगामा ३ किलो अबैध सुन बरामद गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);