मासु पसल अनुगमनमा तिब्र बनाउदै भक्तपुर नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मासु पसल अनुगमनमा तिब्र बनाउदै भक्तपुर नगरपालिका

भक्तपुर, १४ फागुन । कुखुराका मासुबाट उत्पादित परिकार खाएर स्थानीय बिरामी परेपछि भक्तपुर नगरपालिकाले मासु पसलको अनुगमन सुरु गरेको छ । नगरपालिकाले स्थानीयहरुको गुनासोको आधारमा भक्तपुरको च्याम्हासिंहका ३ वटा मासु पसलको शुक्रबार अनुगमन गरेको हो ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले एसएसबी मिट प्रोडक्ट कम्पनीको ‘चिकेन विंग्स’ खाएर धेरै जना बिरामी भएको गुनासो नगरमा आएपछि तुरुन्तै बजार अनुगमन गरिएको बताए । एसएसबी मिट प्रोडक्ट कम्पनी र बिक्रेता भक्तपुर चिकेन हाउसलाई नगरपालिकामा उपस्थित हुन निर्देशन दिनुका साथै पसलको १ थान तराजु जफत गरिएको जानकारी दिए ।

अनुगमनका क्रममा भक्तपुरका पसलमा मासुको मूल्य फरक–फरक देखिएकाले उपभोक्ता ठगेको आधारमा तराजु जफत गरिएको प्रमुख गौरा भनाई छ । अनुगमनमा भक्तपुर चिकेन हाउसलाई दर्ता नवीकरण गर्न, प्याकेजिङ बिग्रेका सामान बिक्री–वितरण नगर्न, फ्रिजको सरसफाइमा ध्यान दिन, खरिद र बिक्री गर्दा प्यान र भ्याट बिल मात्र प्रयोग गर्न निर्देशन गरिएको छ । भक्तपुर चिकेन हाउस, न्यु चिकेन कोल्ड स्टोर पसल, जयश्री ब्रह्मायणी कोल्ड स्टोरमा अनुगमन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);