काठमाडौँमा फेरि बर्डफ्लु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँमा फेरि बर्डफ्लु

काठमाडौँ, १४ फागुन । काठमाडौंको तारकेश्वर नगरपालिका साङ्लाफाँटमा बर्डफ्लू भेटिएको पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा बिहीबार बर्डफ्लू देखिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा र सो क्षेत्रमा रहेको दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

यो विषयमा केन्द्रीय समन्वय समितिको बैठक भएको र आवश्यक सतर्कताका कदमहरु चालिने विभागले जनाएको छ । नगरपालिकाको विभिन्न स्थानमा रहेका कुखुरा फर्महरुमा बर्डफ्लु देखिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय कमल गौतम, सरिता शाह, विक्रम गौतम, अमृत थापा लगायतको कुखुरा र्फमा बर्डफ्लु देखिएको पनि नगरपालिका जनाएको छ । यही नगरपालिकामा यसअघि पनि बर्डफ्लु भेटिए पछि सयौँ हाँस नष्ट गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);