काठमाडौंको तारकेश्वरमा टर्की र हाँसमा बर्डफ्लू पुष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाडौंको तारकेश्वरमा टर्की र हाँसमा बर्डफ्लू पुष्टि

काठमाडौं, १७ माघ । नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागले शनिबार विज्ञप्ति जाारी गर्दै केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ । साथै विभागले पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह पनि गरेको छ ।

बर्डफ्लू पुष्टि भएसँगै फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अपनाउन, फार्मलाई नियमित निसंक्रमण गर्न तथा कुनै पंक्षी बिरामी परेमा वा मरेमा पशु सेवाका निकायमा सूचना गर्न विभागले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि