वीरगन्जमा कुखुरामा देखियो बर्डफ्लू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वीरगन्जमा कुखुरामा देखियो बर्डफ्लू

bird-flu

वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो । बर्ड फ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । 

फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । 

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जिउँदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताए ।  

बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल  गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए । भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको यादवले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);