चितवनमा ठूलो संख्यामा कुखुरा मरे | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चितवनमा ठूलो संख्यामा कुखुरा मरे

४० लाख बढीको क्षती

चितवन, २३ चैत । चितवनको रत्ननगरस्थित एक कुखुरा फर्ममा ३ हजार ७ सय कुखुरा मरेका छन् । रत्ननगरस्थित माधवपुरमा रहेको लामिछाने पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुराहरु एक हप्तायता मर्न थालेका हुन् ।

४ वटा खोरमा रहेका कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका गरिएको छ । कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछाने पोल्ट्री फर्मका सञ्चालक अमृत लामिछानेले बताए ।

पंक्षी रोग अन्वेषण प्रयोगशालामा गराइएको प्रारम्भिक जाँचको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । प्रारम्भिक रिपोर्टमा इन्फ्लुइन्जा देखिएको तर कुन प्रकृतिको हो भन्ने अझै नखुलेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा.विकाश श्रेष्ठले जानकारी दिए ।

उनले थप अनुसन्धानको लागी स्याम्पल काठमाडौं पठाइएको र रिर्पोट आएपछि मात्रै रोगको एकिन हुने पनि बताए । चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साँझबाट कुखुरा मर्न सुरु गरेको संचालक द्रोणप्रसाद लामिछानेले बताए ।

५ हजार १ सय कुखुरा पालेका लामिछानेले अहिलेसम्म ३ हजार ७ सय ३ वटा कुखुरा मरेको र अन्य पनि मर्ने क्रम जारी रहेको छ । अहिलेसम्म ४० लाख बढीको क्षती भएको दावी गरिएको छ । मरेको कुखुरालाई खाल्डो खनी पुर्ने काम भईरहेको पनि फर्मले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);