चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा

leyars khukura

चितवन, २५ चैत । रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् । त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् ।

चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए । त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन । १६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर कोन्द्रीय पंक्षी रोग अन्वेशण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए ।

प्रयोगशालाले दिएको रिपोर्टमा एआइभी पोजेटिभ देखिएको उल्लेख छ । कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भेपछि अमृत घर फर्किए । कुखुरा मर्ने खर बढ्दै गएपछि चैत २० मा फेरी कुखुराको नमुना लिएर उनी प्रयोगशाला गए । त्यस दिनको रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो ।

त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेको थिए । उनले भने, त्यसपछि मात्र थप जाँचको लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन् । अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);