उपत्यकाका तीन स्थानमा बर्डफ्लु भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकाका तीन स्थानमा बर्डफ्लु भेटियो

birdflu

काठमाडौँ, २४ माघ । काठमाडौँ उपत्यकामा कुखुरामा बर्डफ्लु फेला परेको छ । उपत्यकाका तीन ठाउँमा बर्डफ्लु फेला परेको हो ।

ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि फार्ममा रहेका चार हजार पाँच सय कुखुरा र दुई हजार पाँचवटा अन्डा नष्ट गरेको छ ।

मन्त्रालयले बर्डफ्लु देखिएका अन्य दुई फार्मलाई निगरानीमा राखिएकाले मङ्गलबारसम्म नष्ट गरिसक्ने जनाएको छ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धानबाट गत शुक्रबार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);