त्रिविको स्नातक तह चौथो वर्ष परीक्षाको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिविको स्नातक तह चौथो वर्ष परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौं, २४ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवी)को स्नातक तह चौथो वर्षको परीक्षा चैत्रमा हुने भएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने जनाएको छ ।

तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।  चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनपछि परीक्षाहरु सुरु हुनेछन् ।

परीक्षा नियन्त्रण कार्यालयको अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सूरु हुनेछन् । २०६५ चैतयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);