त्रिविद्धारा विद्यार्थी भर्ना बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

त्रिविद्धारा विद्यार्थी भर्ना बन्द

काठमाडौं, २५ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन निर्देशिका प्रकाशनपछि नयाँ विद्यार्थी भर्ना बन्द गर्ने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गर्दै त्रिविले क्याम्पसमा विद्यार्थी भर्ना बन्द गराउने निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको हो । निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिकाबारे उल्लेख गरिएको छ । त्रिविले स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन पाउनेछैनन् । त्यस्तै, एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने निर्देशिकामा उल्लेख गरिएको छ । विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने भएको छ ।

त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);