स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

tu

काठमाडौं, ११ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ ।

फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिका अनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौँ ।’

त्यस निम्ति त्रिविका विभिन्न संकाउका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले बताइन् । ‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ,’ त्रिपाठीले भनिन्, ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने नहुने भन्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।