एसईई परीक्षा संचालन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एसईई परीक्षा संचालन हुँदै

आगामी चैत ८ गतेदेखि एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन हुँदैछ ।

see exam

कविता केसी,
काठमाडौं, २८ फागुन । आगामी चैत ८ गतेदेखि एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालन हुँदैछ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तयारी पूरा गरेको छ । कार्यालयका अनुसार सातै प्रदेशमा प्रश्नपत्रसमेत पठाइसकिएको छ ।

सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) आगामी चैत ८ देखि २० गतेसम्म संचालन हुँदैछ । परीक्षमा जम्मा ४ लाख ८५ हजार ६६ विद्यार्थी समेल हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ५२ हजार ७ सय ८१, आंशिकतर्फ २४ हजार ५१ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ विद्यार्थीका लागि आवश्यक ५० लाख प्रश्नपत्र छपाईको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ ।

एसईई परीक्षाका लागि १९ सय ५६ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि एउटा केन्द्र बराबर १५ जना सुरक्षाकर्मी खटाइने परीक्षा नियन्त्रक रेग्मीले बताए । परीक्षामा कुनै पनि विद्यार्थीले चिट चोरेको, विद्यार्थीलाई चिट चोराएको वा कुनै एक जना विद्यार्थीको नाममा अरु कसैले परीक्षा दिएको खण्डमा शिक्षा नियम अनुसार कडा कारबाही गरिने कार्यालयले चेतावनी पनि दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);