एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

see-exam

काठमाडौं, ३ चैत । चैत्र ६ गतेबाट सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरसको कारण एसईई परीक्षा प्रभावित नहुने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरेर परीक्षा संचालन गर्ने सरकारले तयारी गरेको छ ।

कोरोना भाइरसको त्रास बढेपछि सरकारले एसईई परिक्षा केन्द्रमा हेल्थ डेस्क राख्न लागेको हो । यसको लागि शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गरी हेल्थ डेस्क राख्ने प्रक्रिया अघि बढाइएको छ ।

चैत्र ६ बाट सुरु हुने एसइइ परिक्षा चैत्र १७ गतेसम्म संचालन हुनेछ । यस पटक एसइइ दिने परिक्षार्थीको संख्या ४ लाख ४२ हजार २ सय १९ जना छन् । यसमध्य ४ लाख ६५ हजार नियमित विद्यार्थी रहेका छन् भने १६ हजार ५ सय सि र डि ग्रेड आएका विद्यार्थी रहेको राष्ट्रिय परिक्षा बोर्डको का.मु. निन्यत्रक रामराज खकुरेलले जानकारी दिनुभयो । यस पटक एसइइको परिक्षा केन्द्र १ हजार ९९४ वटा राखिएको छ ।

कारोना भाइरसको संक्रमण नहोस भनि यस वर्षको एसईई परिक्षामा विद्यार्थीहरुको स्वास्थ जाँचका लागी शिक्षा मन्त्रालयको माग अनुसार हरेक परिक्षा केन्द्रमा हेल्थ डेक्स राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको भनाइ छ ।

साथै एसईई दिने कुनै पनि विद्यार्थी अस्वस्थ भएको पाइएमा उनिहरुका लागी छुटै परिक्षा दिने कोठाको व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो । यता स्वास्थ्य मन्त्रालयले दिन लागेको सुविधालाई एसईई परिक्षा दिने विद्यार्थीहरुले राम्रो मानेका छन् ।

सरकारले कुनै पनि भेला तथा समारोह नगर्न भनी सार्वजनिक अपिल गर्दै आएको छ । तर यहीबीचमा एसईई परीक्षा संचालन हुंदैछ । समूहमा नजान र नबस्न अपिल गर्दै आएकोमा एसईई परीक्षा स्थगित गर्ने कि संचालन गर्ने भन्ने दुई मध्ये एक विकल्पमा जानै पथ्र्याे ।

सरकारले परीक्षा नरोक्ने तर विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरी परीक्षा गर्न लागेको हो । परीक्षा केन्द्रमा राखिने हेल्थ डेस्कमा परीक्षा भवनमा प्रवेश अघि स्वास्थ्य परीक्षण गर्ने सरकारले बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);