राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्छ : सभामुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्छ : सभामुख

agani sapkota1

काठमाडौं, ३ चैत । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पार्नुभएको छ ।

सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख सापकोटाले राजनीतिक दलहरुबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताउनुभएको हो ।

उहाँले राजनीतिक दलहरुबीच सहमति जुटेपछि मात्रै आफुले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताउनुभयो । उहाँले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाईरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो । त्यो छलफल हुँदैछ । सबैतिर छलफल हँुदैछ । सत्तारुढ पार्टीमा झन् छलफल हुँदैछ । बहसमै छ । कोरोनाका कारणले अहिले रोकिएपनि त्यो बहसमै छ । बेलाआअएपछि मैले त सहजिकरण गर्ने कुरा न हो । ”

उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “वरिष्ठताका आधारमा कार्यवहाक महासचिव दिईएको हो । हाम्रो असमझदारी धेरै भएको जस्तो मलाई लाग्दैन ।”

उपसभामुख चयन प्रक्रियाबारे पत्रकारको प्रश्नमा उहाँले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो । यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “उपसभामुखका बारेमा दलबीच समझदारी भएपछि सभामुखले त निर्वाचन तालिका सार्वजनिक गर्ने मात्रै भूमिका हो ।”

उहाँले आफुले विधेयकहरु पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् ।

उहाँले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुखपाएको महसुस आफुले पनि गरेको बताउनुभयो । उहाँले तीन पटक मुद्दा जित्दा पनि नागरिकता नपाएका घटनाहरु भएको स्मरण पनि गर्नुभयो । उहाँले निर्माणाधिन संसद भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको भन्दै प्रसंसा पनि गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);