एसईई परिक्षा आजदेखि शुरु, ४ लाख ७५ हजार तीन जना विद्यार्थी सहभागी | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

एसईई परिक्षा आजदेखि शुरु, ४ लाख ७५ हजार तीन जना विद्यार्थी सहभागी

see

काठमाडौं, १० चैत । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ ।

संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । परिक्षा आज बिहान ८ बजेबाट शुरु भएको थियो । आज पहिलो दिन अग्रेजी बिषयको परिक्षा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका जनाइएको छ । परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । प परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६सय २ परीक्षार्थी सहभागी भएका छन भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी छन । त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८सय १८, प्रदेश नं २ बाट ७० हजार ५सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९सय ७२ परीक्षार्थी सामेल भएका छन् ।

परीक्षामा देशभर एक हजार ९सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९सय ६९ केन्द्राध्यक्ष, तीन हजार १सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५सय ३५ सुरक्षाकर्मी परिचालित भएका छन ।मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो दिनको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परिक्षा निणन्त्रण कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);