'विद्यार्थीलाई भयरहीत रुपमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ' | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘विद्यार्थीलाई भयरहीत रुपमा परीक्षा दिने व्यवस्था मिलाएका छौँ’

exam

काठमाडौं, १७ चैत्र । आजबाट माध्यमिक शिक्षा परीक्षा शुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ ।

यस वर्ष परीक्षामा कुल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । यस वर्षको एसइईमा सहभागी हुनका लागि २०७८ सालमा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ रहेपनि कक्षा १० मा आइपुग्दा परीक्षामा सहभागी हुन आवेदन दिने विद्यार्थी चार लाख ८४ हजार २ सय २७ जना भएका थिए । नेपालबाट रोजगारीका लागि जापान पुगेका नेपाली नागरिकका १४ जना छोराछोरीले जापानबाटै परीक्षा दिँदैछन् । परीक्षामा सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिव १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५० दृष्टिबिहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा शुरु भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौंको टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी परीक्षाकेन्द्र प्रमुख रविना महर्जनले परीक्षाकेन्द्रमा सबै विद्यार्थीलाई भयरहीत वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनु भयो । उहाँले परीक्षा केन्द्रका रुपमा बिहीवार नै सबै तयारी सकेकाले आज समयमा नै परीक्षा शुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो परीक्षा केन्द्रलाई हामीले हिजो नै तयारी गरिसकेका थियौँ । आजबाट बिहानैदेखि माध्यामिक शिक्षा परीक्षा शुरु भइसकेको छ । हामीले मर्यादित र अनुशासित हिसावले परीक्षा चलाउने वातावरण सिर्जना गर्न गइरहेका छौँ । विद्यार्थीहरुलाई भयरहीत वातावरणमा लेख्न सकुन् भनेर शिक्षकहरुलाई त्यो वातावरण बनाउन भनेको छु ।’

यस वर्ष ७ हजार २ सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);