बढि शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बढि शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी

siksha samiti

काठमाडौं, १० चैत । सरकारले तोकिएको भन्दा बढि शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढि शुल्क लिने गण्डकी मेडिकल कलेज लगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज चेतावनी दिएका हुन् । आईतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले सरकारको नियम विपरित कुनै पनि मेडिकल कलेजले बढि शुल्क लिएको पाइएमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र सो सम्बन्धमा आवश्यक छानवीन गरी कार्वाही गर्ने व्यवस्था पनि सरकारले गरिसकेको स्पष्ट पारे ।

सचिव बरालले तोकिएको भन्दा बढि शुल्क लिने मेडिकल कलेजमाथि छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वकै उच्च स्तरीय समिति बनाइएको पनि समितिलाई जानकारी दिए । बैठकमा समितिका सदस्यह खड्गराज अधिकारीले कानुन विपरित जथाभावी शुल्क असुली गर्ने मेडिकल कलेजमाथि कारर्वाही नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

समितिका अर्का सदस्य गगन थापाले मेडिकल कलेजहरुमा जथाभावी शुल्क असुली गर्नेलाई निलम्बन गर्ने लगायतका काम गर्न सरकारलाई सचेत गराए ।

सरकारले चिकित्सा शास्त्र अन्तरर्गत एमबिबिएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);