सर्वोच्चमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

सर्वोच्चमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना

adalat ma sishu seyahar kendra

काठमाडौं, १० चैत । सर्वोच्च अदालतमा नेपालको पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आईतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको सो शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरुको शिशुहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको सर्वाेच्च अदालतका शाखा अधिकृत सिम्खडा पुडासैनीले जानकारी दिए ।

सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीहरुको पनि व्यवस्था गरिएको छ ।