बढी शुल्क लिएको भन्दै मेडिकल कलेजका विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बढी शुल्क लिएको भन्दै मेडिकल कलेजका विद्यार्थी आन्दोलित

काठमाडौं, १५ माघ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम अन्तर्गतका नीजि मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ । तर निजी मेडिकल कलेजहरुले ६० लाख भन्दा बढि शुल्क लिएको विद्याथीहरुले आरोप लगाएका छन् ।

कलेजहरुले तोकिएको भन्दा बढि शुल्क लिएपछि आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको थियो । तर कलेजहरुले विभिन्न शिर्षक राखेर बढि शुल्क लिएको विद्यार्थीको गुनासो छ ।

गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज लगायतका निजी मेडिकल कलेजले बढि शुल्क लिएको विद्यार्थीको भनाई छ । सरकारले तोकेको शुल्क अनुसार भर्ना नलिएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);