तराईमा तीन वर्षको अवधिमा २ हजार २ सयको सवारी दुर्घटनामा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तराईमा तीन वर्षको अवधिमा २ हजार २ सयको सवारी दुर्घटनामा मृत्यु

accident

काठमाडौं, १५ माघ ।  तराईका १६ वटा जिल्लामा तीन वर्षको अवधिमा २ हजार २ सय १ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ३ हजार ४ सय ३६ वटा सवारी दुर्घटनामा २ हजार २ सय १ जानको मृत्यु भएको हो ।

अर्थिक वर्ष २०७१-७२ मा ८ सय ७३ वटा दुर्घटनामा ५ सय ५७ जना, ०७२-७३ मा ९ सय ३७ वटा दुर्घटनामा ५ सय २५ जना र आर्थिक बर्ष ०७३-७४ मा १ हजार ६९ वटा दुर्घटनामा ७ सय ३५ जनाको मृत्यु भएको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्म ५ सय ५७ वटा दुर्घटनाबाट ३ सय ८४ जनाको मृत्यु भएको छ ।

तिब्र गति, ओभरलोड र सडकमा छाडिने छाडा चौपायाका कारण दुर्घटना बढेको प्रहरीको भनाई छ । दुर्घटनामा धेरै मोटरसाईकल पर्ने गरेका छन् । चितवन र धादिङ्गमा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);