मेडिकल कलेजले सरकारले तोकेको समय भित्र बिद्यार्थीको रकम फिर्ता गरेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेडिकल कलेजले सरकारले तोकेको समय भित्र बिद्यार्थीको रकम फिर्ता गरेनन्

काठमाडौं, ९ मंसिर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ । शुल्क फिर्ता गर्न सरकारले पटकपटक दिएको निर्देशनको अवज्ञा गरी ठगि गर्ने कलेजलाई कानुनी कठघरामा ल्याउनुपर्ने आवाज उठेको हो ।

अतिरिक्त शुल्क फिर्ताको माग गर्दै गण्डकी मेडिकल कलेज पोखराबाट सुरु भएको विद्यार्थी आन्दोलन गण्डकी, चितवन, नेसनल युनिभर्सल मेडिकल कलेजसम्म पुगेको छ । जसले गर्दा यि कलेजहरुमा पठनपाठन समेत ठप्प छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क कलेजले उठाएपछि त्यस विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका हुन् । बढी लिएको शुल्क फिर्ता गर्न सरकारले पटक पटक कलेज संचालकहरुलाई निर्देशन दिए पनि शुल्क फिर्ता गरिएको छैन ।

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरु आन्दोलित हुँदा कलेज परिसरमा पटक पटक झडप समेत हुँदै आएको छ । सरकारले आफ्नो निर्देशन लागु गर्नै पर्ने चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केदारभक्त माथेमा बताउनुहुन्छ ।

सरकारको आदेश मेडिकल कलेजले अवज्ञा गर्दै आएपछि सरकारले पनि ति मेडिकल कलेजहरुलाई कारबाही गर्ने तयारी गरेको छ । सरकारको निर्देशन विपरीत शुल्क अशुल गर्नु कानुन विपरीत भएकोले ती मेडिकल कलेजहरुलाई ठगिको मुद्दामा कारबाही गर्नुपर्ने वरिष्ठ अधिवक्ता प्रा.डा. सुरेन्द्र भण्डारी बताउनुहुन्छ ।

सरकारले उपत्यकाभित्र एमबिबिएस पढ्न ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । यसैगरी बिडिएस पढ्न उपत्यकाभित्र र बाहिर दुवैका लागि २० लाख १९ हजार पाँच सय ८० तोकेको छ । तर, केही मेडिकल कलेजहरुले तोकिएको शुल्क भन्दा १५ लाख रुपैयाँसम्म बढी शुल्क लिएको विद्यार्थीहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);