निजि मेडिकल कलेज शुल्क समायोजन गर्न लचिलो | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

निजि मेडिकल कलेज शुल्क समायोजन गर्न लचिलो

काठमाडौं, ९ मंसिर । निजि मेडिकल कलेज शुल्क समायोजन गर्न लचिलो भएका छन् । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच सोमबार शिक्षा मन्त्रालयमा शुल्क समायोजन सम्बन्धी छलफल भएको थियो । उक्त छलफलमा कलेज सञ्चालक शुल्क समायोजन गर्न लचिलो भएका हुन् ।

सरकारले कलेज सञ्चालकलाई शुल्क समायोजनका लागि १५ दिने अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजि मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न लचिलो बनेका हुन् ।

मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरि भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहिको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाउनु भएको थियो ।

आजको बैठकमा मेडिकल कलेज संचालकहरुले भोली सम्मको समय माग गरेकोले निर्णय भने हुन सकेन । सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ ।

तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन् । जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);