अतिरिक्त शुल्क फिर्ता गर्न नीजि मेडिकल संचालकलाई सरकारको १५ दिने अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अतिरिक्त शुल्क फिर्ता गर्न नीजि मेडिकल संचालकलाई सरकारको १५ दिने अल्टिमेटम

education

काठमाडौं, २५ कात्तिक । सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।

सोमबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिएको बताउनु भएको हो । मन्त्री पोखरेलले १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको समेत बताउनु भयो ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो ।

यता निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् । यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डाक्टर गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गर्नुभयो ।

डाक्टर केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्रि पोखरेलको दाबी छ । मन्त्री पोखरेलले अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन केसीलाई आग्रह गर्नुभयो । डाक्टर केसी ८ दिन देखि डडेलधुरामा अनसनरत हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);